गजल : भुजन्गप्रयात छन्द
बनेको छ देह अप्रिय उनैको
बचन वाण भो झटारो उनैको
हेप्नुको पनि सिमा हुन्छ नि प्रभु
सहनु पर्ने दुष्ट व्यबहार उनैको
मलाई चाह छैन प्रिय तिम्रो
तर जिन्दगी अमानत कसैको
अनावश्यक मारेर गर्ब मै छोरी
फेरि बाबु बन्ने चटारो उनैको
लाग्छ होला बढार्न पर्ने उडायो
तर बगान भयो उजाड कसैको ।
-गृष्मा पौड्याल
टोक्यो जापान
