सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा नेदरल्याण्डले गर्यो रोक


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०७७
  • 419
    SHARES

२ चैत्र, काठमाडौं । सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि नेदरल्याण्डसले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेको छ ।

कम्तीमा मार्च २९ सम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको डच सरकारले बताएको बिबिसीले उल्लेख गरेको छ ।

नर्वेमा खोप लगाएका वयस्कमा ब्लड कल्ट बनेको भन्ने खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो ।

तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने सो खोप र ब्लड कल्टबिच कुनै सम्बन्ध नरहेको बताएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले खोप र ब्लड कल्ट सम्बन्धमा अहिले अनुसन्धान गरिरहेको छ ।

यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।

डेमार्क र नर्वेबाट आएका खबरलाई मध्यनजर गरि सम्भावित गम्भीर ‘साइड–इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको डच सरकारले जनाएको छ ।

खोपका सम्बन्धमा रहेको शंका दूर भएपछि मात्रै अघि बढ्ने डच स्वास्थ्य मन्त्री हुगो डी जोङ्गेले बताएका छन् । सबै ठीक रहेको भनेर ढुक्क हुनका लागि तत्काल खोपको प्रयोग रोकिएको उनले बताए ।

आइतबार भएको यो निर्णयसँगै नेदरल्याण्डसको खोप अभियान प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)