सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेइजिङमा सोमबारदेखि बहन थाल्यो धुलाम्ये हावा


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०७७
  • 555
    SHARES

२ चैत्र, काठमाडौं । चीनको राजधानी बेइजिङमा सोमबार बिहानैदेखि धुलाम्ये हावा बहन थालेको छ। इनर मंगोलिया र उत्तर-पश्चिमी चीनका भागहरूबाट आएको हावाले बेइजिङको जनजीवन प्रभावित पारको हो।

चाइना मेट्रोलोजिकल एडमिनिस्ट्रेसनले सोमबार यलो अलर्ट जारी गरेको छ। इनर मंगोलियाबाट बालुवा मिसिएर आएको हावा बेइजिङ वरपरका गान्सु, सान्सी र हेबेई प्रान्तमा पनि फैलिएको छ। बेइजिङमा आज भिजिविलिटी १ हजार मिटरमात्र रहेको सिजिटिएनले जनाएको छ।

सोमबार बिहान बेइजिङको वायु गुणस्तर मापनको तह अधिकतम ५०० सम्म पुगेको छ। पिएम १० भनिने हावामा तैरिने कणहरू एक क्युबिक मिटरमा २ हजार माइक्रोग्रामसम्म पुगेको जनाइएको छ।

पिएम २.५ पनि एक क्युबिक मिटरमा ३ सय माइक्रोग्रामसम्म पुगेको छ। पिएम२.५ चिनियाँ मापदण्डअनुसार प्रति क्युबिक मिटर ३५ माइक्रोग्राम हुनुपर्छ।

मार्च र अप्रिलमा बेइजिङमा प्राय: यस्तो बालुवा मिसिएको हावा बहने गर्छ। गोवी मरभूमिको नजिक भएकाले र उत्तरी चीनमा बन फडानीको कारण यस्तो हुने गरेको हो।

बेइजिङ र आसपासका क्षेत्रमा पछिल्लो साता प्रदुषणको तह बढ्दै गएकव अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)