सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाइडेनले गरे जानकारीबिनै किमसँग बार्ताको प्रयास


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०७७
  • 454
    SHARES

२ चैत्र, काठमाडौं । बाइडेन प्रशासनले गत महिना कसैलाई थाहा नदिइ उत्तर कोरियाली नेता किमसँग सम्पर्कको प्रयास गरेको एक वरिष्ठ अधिकारीले सीएनएनसँग बताएका छन् । तर प्योङयोङबाट हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए ।

खबरका अनुसार राष्ट्रपति बाइडेनको प्रशासनले फेब्रुअरीदेखि नै थुप्रै माध्यमहरु मार्फत किमसँग वार्ता गर्न खोजिरहेको छ तर उताबाट अहिलेसम्म कुनै जवाफ नआएको ती अधिकारीले बताए । उनका अनुसार एक वर्षसम्म सम्पर्क विहिन रहेको उत्तर कोरियासँग सक्रिय भएर छलफल गर्न अमेरिकाले धेरैपटक कोशिश गरिसकेको छ ।

यो प्रक्रियालाई अघि बढाउन बाइडेनको टोलीले उत्तर कोरियाली नीति सम्बन्धी अनुभव भएका र केही ट्रम्प प्रशासनका कर्मचारीसँग पनि परामर्श लिइरहेको छ । त्यस्तै अमेरिकाले मित्रराष्ट्र जापान र दक्षिण कोरियासँग पनि यसबारे जानकारी आदान प्रदान गरिरहेको बताएको छ ।

यतिबेला अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरिया सम्बन्धी बाइडेन प्रशासनले केकस्तो नीति आपनाउनेछ भन्नेमा अधिक चासो रहेको छ । र अबको केही हप्तामै बाइडेन प्रशासनले यस सम्बन्धी घोषणा गर्ने अपेक्षा गरिएको छ । प्योङयोङसँग तनावको जोखिम कम गराउनका लागि नै बाइडेनले यस किसिमको तयारी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)