सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकालाई तनाव सिर्जना नगर्न किमकी बहिनीको चेतावनी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३, २०७७
  • 982
    SHARES

३ चैत्र, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग–उनकी बहिनीले अमेरिकालाई तनावको कारण सिर्जना नगर्न चेतावनी दिएकी छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कोरियन नीति तय गर्ने तयारी गरिरहेका बेला किमकी प्रभावशाली बहिनी किम यो–जोङ्गले चेतावनी दिएकी हुन्। उनले अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेको भन्दै त्यसको आलोचना गरेकी छन्।

उच्च अमेरिकी अधिकारी दक्षिण कोरिया आउनु एक दिन पहिले कि यो–जोङ्गको चेतावनी युक्त टिप्पणी आएको हो।

उत्तर कोरियाको आधिकारिक पत्रिका रोडोङ्ग सिन्मुन पत्रिकाले किमकी बहिनीको भनाई उद्धृत गर्दै लेखेको छ, ‘अमेरिकाको नयाँ प्रशासनलाई यो सुझाव छ कि समुद्र हुँदै आफ्नो भूमिसम्म आउने गरि बारुदको धुवाँ फैलाउने प्रयास बन्द गरियोस्। आउँदो चार वर्ष शान्ति चाहन्छ भने तनाव वा झगडा उत्पन्न गर्ने काम नगरोस्।’

यसैबिच उत्तर कोरिया सरकारसँग वार्ताको प्रयास गरे पनि अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले जनाएको छ।

गएको फेब्रुअरीदेखि नै सम्पर्क स्थापित गर्ने प्रयास भए पनि उत्तर कोरियाको तर्फबाट कुनै प्रतिक्रिया नआएको बाइडेन प्रशासनले जनाएको हो।

तनाव थप नबढोस् भन्नका लागि प्योङ्गयाङ्गसँग सम्पर्क स्थापित गर्ने विभिन्न प्रयास भए पनि अहिलेसम्म सफल नभएको वासिङ्गटनका अधिकारीले बताएका छन्।

उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर दुई देशबिचको सम्बन्ध तनावको अवस्थामा छ।

बाइडेन अघिका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग–उनबिचको वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको थिएन।
अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम रोकिनु पर्ने माग गर्दै आए पनि त्यसमा किम मानेका छैनन्।

समाचार संस्था रोयटर्सलाई एक अमेरिकी अधिकारीले दिएको जानकारी अनुसार ट्रम्प शासनको अन्तिम वर्ष र बाइडेन आएपछि पनि उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने विभिन्न प्रयास भएको छ। तर ती प्रयासले सार्थकता पाउन सकेका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)