सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा ६ जना एसियन महिलासहित ८ जनाको गोली हानि हत्या


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 797
    SHARES

४ चैत्र, काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा भएको अन्धाधुन्ध गोली काण्डमा ६ जना एसियन महिलासहित ८ जनाको ज्यान गएको छ।

जर्जियाका तीन स्पामा भएको गोलीकाण्डमा कम्तीमा ६ जना एसियन महिलासहितको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

एट्लान्टाको उत्तरी क्षेत्रमा पर्ने एक्वार्थको मसाज पार्लरमा चारजनाको गोलीहानी हत्या भएको प्रहरीले जनाएको छ। २१ वर्षका युवक पक्राउ परेको र उनी तीनै आक्रमणका संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ।
मंगलबार बेलुका भएको आक्रमणको कारण वा उद्देश्य खुलेको छैन। तर पछिल्ला महिनाहरुमा अमेरिकामा एसियन–अमेरिकनहरुमाथिको हिंसा बढ्दै गएको छ।

कोरोना भाइरसको संक्रमण फैलिनुमा एसियनहरुको भूमिका रहेको गलत सूचना फैलाइएपछि हिंसाका घटना बढेका छन्।

गएको हप्ता राष्ट्रका नाममा गरेको सम्बोधनमा राष्ट्रपति जो बाइडेनले एसियन–अमेरिकन माथि हुने गरेका आक्रमण तथा हिंसाको निन्दा गरेका थिए। उनले एसियन–अमेरिकनमाथि हुने दुर्व्यवहारले चिन्तित बनाएको बताएका थिए।

स्थानीय समय अनुसार मंगलबार बेलुका पाँच बजे (नेपाली समय अनुसार बुधबार बिहान पौने ३ बजे) पहिलो गोलीकाण्ड भएको थियो अक्वर्थ मसाज पार्लरमा। त्यहाँ मारिनेमा दुई एसियन महिला, एक श्वेत महिला र एक श्वेत पुरुष छन्। एक हिस्प्यानिक पुरुष घाइते भएका छन्।

त्यसको एक घण्टा पछि उत्तर–पूर्वी एट्लान्टमा रहेको गोल्ड स्पामा गोली लागेर तीन महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै नजिकैको अर्को स्पामा भएको गोलीकाण्डमा थप एक महिलाको ज्यान गएको हो। चारैजना महिला एसियन रहेको एट्लान्टा जर्नल–कन्स्टिच्युसनले उल्लेख गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)