सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री दक्षिण कोरियामा


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 694
    SHARES

सियोल । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुग्नु भएको छ ।

चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ । उहाँहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नु हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदियमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ ।

उहाँहरुले यसअघि जापानको भ्रमण गर्नु भएको थियो । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो ।

टोकियोबाट सियोल प्रस्थान गर्नुअघि अमेरिकी विदेश मन्त्री ब्लिन्केनले देशभित्र बढी दमन र विदेशमा तिब्रताका साथ विस्तार हुने चाहना चीनले राखेको आरोप लगाउनुभयो । उहाँले पूर्व तथा दक्षिण चीन सागरदेखि ताइवानमाथि चीनले जबर्जस्ती गर्न खोजिरहेको बताउनुभयो ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नुपरेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गर्नु भएको छ ।

अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उहाँहरुले उत्तर कोरियालाई पूर्णआणविक निरस्त्रीकरणका लागि आग्रह गर्नु भएको छ ।

उहाँहरुले उत्तर कोरियाली आणविक हातहतियार अन्तरराष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताउनु भएको छ ।

विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहनुभएन । उहाँले भन्नुभयो, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)