सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकै दिन २८ हजार ९०३ जनामा कोरोनाभाइरस सङ्क्रण


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 860
    SHARES

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ३८ हजार ७२४ पुगेको सो मन्त्रालयले  जनाइएको छ । कुल सङ्क्रमितमध्ये दुई लाख ३४ हजार ४०६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा  कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ  । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार ७८४ जनाको कोरोना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिनमा  नौ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)