सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तन्त्र – कविता


  • कपिल अधिकारी , ताइपे , ताइवान ।
  • शुक्रबार, चैत्र ६, २०७७
  • 2.0K
    SHARES

तन्त्र

एउटा थाल
दुई खाने मुख
तानातान , भनाभन
आइपरे हानाहान
एक्लै खाने , सुँघ्न नै  नदिने
खोसेरै लिने , मैले पनि किन नखाने
छिनाझापट
यसलाई नै भनिँदो रहेछ
प्रतिगमन-अग्रगमन
अग्रगमन-प्रतिगमन
स्वाद लिईरहेकालाई अग्रगमन
थुक निलीरहेकालाई प्रतिगमन

आफ्नोमात्र कुरा छ
जनता नाथेको के कुरा
जनता जनार्दन को पो जय हुनु पर्ने
जनता कता, जनार्दन कता

भान्छे बन्न पठाएका
थाल खोसाखोसमा

झुमी रहेकाछन च्याँखे दाउमा बिचौलिया

थप्पडी बजिरहेछ
बुझेर कि बुझ पचाएर
ठेलमठेल
लेख र दन्त बझान

हजुर कुन छेउमा उभिरहनु भएको छ
कुन गमनको प्रबक्ता
को आए , को भए , को गए हजुरले मर्जी भएको हुन्छ
दाउ कुन खालमा

कसैलाई सत्तामा  उकाल्न
कसैलाई सत्ताबाट ओराल्न
बाह्रमासै ब्यस्त तन्त्रलाई
बहूरुपी सडक नाटकलाइ
म के तन्त्र भनुँ
हसुरतन्त्र
असुरतन्त्र

अझै तपाईंलाइ टाउको दुखेको छैन !
आरामै हुनुहुन्छ ?

-0-

कपिल अधिकारी
ताइपे , ताइवान ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)