शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुचनाको हकको दुरुपयोगलाई रोक्नुपर्छ : सञ्चारमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 465
    SHARES

९ चैत्र, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सुचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सुचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सुचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सुचनाको हकको प्रयोग गरीएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताउनुभएको हो । सुचनाका हकका अभियन्ताहरुले नै सुचना लुकाउने गर्नाले समाजमा सुचना प्रवाह हुन नसकेको पनि उहाँको भनाई छ । सुचनाको हकको प्रयोगको नाममा समाजमा विकृति, बिसंगति तथा अराजकता ल्याउने र ठगि गर्ने गरिएको भन्दै यस्तो परिस्थितिको अन्तय गरिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जो सुचनाको हकको अभियन्ता हुन्छन् । उसले नै सुचना लुकाइरहने काम अब नहोस् । देख्दा अभियन्ता देखिने जसले अत्यन्तै परिवर्तन र अधिकारमुखि कुरो गर्ने तर ऊ आफैँले त्यो अधिकार र व्यवहारमा नदेखाउने,जसले गर्दा हाम्रो समाज अझै पछि पर्नुपरेको । समाजले ति सुचनाहरु प्राप्त गर्न नसकेको, त्यस्तो परिस्थितिबाट हामीले हाम्रो समाजलाई रुपान्तरण गर्नुछ । सहि नियतबाट होइन, गलत नियतबाट मात्रै सुचनाको हक प्रयोग गरिरहेको हामीले देखिरहेका हुन्छौँ । केही व्यक्तिहरु खाली सुचनाको हक प्रयोग गरेर कसलाई मुद्दा हाल्नको निम्ति मात्रै त्यसको खेति एउटा पंक्ति म त्यस्तो पनि देख्छु । उसको काम नै सुचनाको हक प्रयोग गर्ने अनि कसको निम्ति मुद्दा हाल्ने भनेर मात्रै हिडिरहेका । अनि उसलाई मुद्दा हाल्ने, बार्गेनिङ गर्ने । सुचना प्राप्त गरेपछि बार्गेनिङ गर्ने र लेनदेनको कुरा गरेर एकथरीको त्यस्तो खेति गर्ने । यो खेतिको व्यवसायमा लागेका व्यक्तिहरुको पहिचान गरेर यस्ता विचौलियाहरुलाई पनि व्यवस्थापन गर्नुप¥यो । समाजमा जहिल्यै विकृति ल्याउने, बिसंगति ल्याउने, समाजमा अराजकता ल्याउने अनि ठगि गर्ने । सुचनाको दुरुपयोग गरेर व्यक्तिहरुलाई आर्थिक लेनदेनको बार्गेनिङ गर्ने यो परिस्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’

मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक सुचना दिनेभन्दापनि समाजलाई अप्रिय घटना घटाउने खालका सुचना दिने र व्यक्तिको सुचनालाई मानव अधिकारविपरित प्रयोग गर्ने गरेकाले त्यसलाई पनि अन्त्य गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘कतिपय सञ्चारकर्मीहरुको पनि त्यही पेशाहरु हामी देखिरहेका छौँ । सञ्चारकर्मीहरुले पनि असल सुचना दिने, सकारात्मक सुचना दिने, समाजलाई रुपान्तर गर्ने काममा होइन । समाजलाई त्रसित बनाउने, समाजलाई अप्रिय घटना घटाउनको निम्ति सुचना दिने र कोही व्यक्तिको सुचनालाई, सुचनाको हकलाई पनि मानव अधिकार बिरोधीको रुपमा पनि प्रयोगहरु भएको छ । यस्तो कुरालाई कसरी अन्त्य गर्ने ? यो कुरोप्रति हामीले राष्ट्रिय सुचना आयोग सचेत रहोस्,जिम्मेवार रहोस्, अत्यन्तै पारदर्शी बनाओस् । समाजलाई उत्तरदायी, जवाफदेही बनाउने, जिम्मेवार बनाउने काममा राष्ट्रिय सूचना आयोगले आफ्नो कदमहरु अगाडी बढाओस् ।’

मन्त्री गुरुङले सुचनाको हकको गलत प्रयोगप्रति राष्ट्रिय सुचना आयोग सचेत रहनुपर्ने बताउनुभयो । समाजलाई उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउन आयोगको भुमिका हुनुपर्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }