बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वसन्तयामको आरोहणका लागि पाँच आरोही समूहलाई अनुमति


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 977
    SHARES

काठमाडौ, १० चैत्र ।

 

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । पर्यटन विभागले विभागले वसन्तयामको आरोहणका लागि पाँच आरोही समूहलाई ‘एक्सिपिडिशन पर्मिट’ दिएको छ ।

विभागले गोरखामा पर्ने मनास्लु हिमाल( ९८,१६३ मिटर) मा दुई, सोलुखुम्बुमा पर्ने नुप्से (९७,८६४ मिटर) एक र गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (९८,०९१ मिटर)आरोहणका लागि दुई समूहलाई अनुमति जारी गरेको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहणकै लागि अहिले विभागमा ५५ भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले विभागसमक्ष निवेदन दिएका छन् ।

मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्ष वसन्तयाममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएर आवश्यक बन्दोबस्ती मिलाइरहेको छ ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }