हामी सचेत भन्ने अचेतहरू
यहाँका चलन यस्तै छन
हामी सचेत भन्ने अचेतहरू
धर्मको पसल थापेर
पाप बेच्नेहरू त झनै उल्का छन्
असल काममा बौद्धिकहरूका जाम हुन्छन्
बधाइ र धन्यबादहरू लुकेर बेकाम हुन्छन्
बॉचुन्जेल खेदो खन्छन्
मरेपछि गुनगान गाउँछन्
हिजो सास फेर्दा खुट्टा तान्ने पनि
आज लासमा फुलको गुच्छा चढाउँछन्
आज दिएका सबै चीजहरू
हिजो दिए के हुन्थ्यो र?
प्रोत्साहन त मिल्थ्यो,
भावि सन्तानले केहि त सिक्थ्यो
सोच्ने तरिका त बदलिन्थ्यो
आखिर कस्को के जान्थ्यो
यहॉको चलन यस्तै छ
हामी सचेत भन्ने अचेतहरू
धर्मको पसल थापेर
पाप बेच्नेहरू त झनै उल्का छन् ।
-मोहन गुरुङ्ग
सियाटल , अमेरिका ।
