बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी २ दिने तालिम शुरु


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २१, २०७७
  • 833
    SHARES

काठमाडौं, २१ चैत्र

नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघको आयोजनामा काठमाण्डौमा हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी २ दिने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको पर्यटन विकासमा साना तथा मझौला होटलहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई माथि उठाउन राज्यका नीति पर्यटन मैत्री हुनुपर्ने बताउनु भयो । उहाँले समय अनुरुप होटलहरूले क्षमता अभिवृद्धि गर्दै स्तरिकरण गर्न व्यवसायीलाई सुझाव दिनुभयो ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले कोभिडको समयमा साना तथा मझौला होटलहरूले क्वारेन्टाइन व्यवस्थापन लगायतमा राज्यलाई ठूलो सहयोग गरको बताउँदै बदलिँदो परस्थिती अनुरुप होटल व्यवसायीहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै जानु पर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुकै क्षमता अभिवृद्धिका लागि बोर्डले यस प्रकारका तालिमहरुमा सहकार्य गरेको जानकारी दिँदै आउँदा दिनमा यस प्रकारका तालिमलाई सातै प्रदेशमा विस्तार गरिने बताउनु भयो ।

होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले राज्यका नीति साना व्यवसाय मैत्री बन्न नसकेको गुनासो गर्दैै देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेका साना तथा मझौला होटहलहरुको क्षमता अभिवृिद्धका लागि राज्यले थप सहयोग गर्नु पर्ने बताउनु भयो । महासंघकमा अध्यक्ष हिराध्वज शाहले देशभरी करिब ८१ हजार साना तथा मझौला होटलहरु रहेको र करिब ६ लाख रोजगारी सिर्जना गरेको उल्ल्ेख गर्दै कोभिडले थलिएका साना व्यवसायीहरुले राहत पाउन नसकेको गुनासो गर्नु भयो । उहाँले आफुहरू होटलको गुणस्तर तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका तयार रहको र राज्यले समेत त्यसका लागि सहयोग गर्नु पर्ने बताउनु भयो ।

महासंघका महासचिव बिरमञ्जन बटालालले व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सके गुणस्तरमा सुधार आउने बताउँदै यस्ता तालिमलाई देशैभरी लैजानु पर्ने बताउनु भयो । तालिममा ७७ जिल्लाबाट १२० जना व्यवसायीहरु सहभागी रहेको र यस प्रकारका तालिमलाई विस्तारै प्रदेश र जिल्ला तहमा पनि लैजाने योजना रहको महासंघका सचिव शंकर भण्डारीले जानकारी दिनुभयो । सहभागीलाई पर्यटन मन्त्रालयका सहसचिव प्रदिपकुमार कोईराला,पर्यटन बोडका प्रबन्धक सुमन घिमिरे,पर्यटन विज्ञ सूर्यकिरण श्रेष्ठ लगायतले तालिम दिने सचिव भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }