शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विमानस्थलको सरसफाइलाई विशेष ध्यान दिन पर्यटन मन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०७७
  • 945
    SHARES

काठमाडौं ,२२ चैत्र

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिनुभएको छ ।

आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उहाँले कर्मचारीको कामको निगरानी राख्नपनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिनुभयो । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निक्र्योल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्र्तराष्ट्रिय रुपमा समान हुनुपर्ने बताउनुभयो । उहाँले विमानस्थल भित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन दिनुभयो ।

विमानस्थल भित्र बस्ने ट्याक्सीले महंगो भाडा लिने गरेकाले ट्याक्सीहरुलाई सरकारले अतिरिक्त सेवा दिएर भएपनि मिटरमा हिडाउनुपर्नेमा पनि मन्त्री ढकालले जोड दिनुभयो । ट्याक्सीलाई सिस्टममा हिडाउनका लागि विमानस्थल भित्रको पार्किङ शुल्क मिनाहा गर्नसम्म सोच्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)