सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एक लाख सेनाको दरवन्दी कटौती गर्दै भारत


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 479
    SHARES

२४ चैत्र, काठमाडौं । भारतीय सेनाले एक लाख जवानको दरवन्दी कटौती गर्ने भएको छ ।

आगामी तीन–चार वर्षमा सेनाभित्र एक लाख दरबन्दी कटौती हुने जनाइएको हो । कटौती गरिने दरबन्दीमा अधिकांश तल्लो दर्जाका छन् ।

सेनाका शीर्ष अधिकारीले रक्षा मन्त्रालयसम्बद्ध संसदीय समितिमा दिएको जानकारी अनुसार दरबन्दी कटौतीमा पर्नेहरु गैरलडाकु वर्गका जवान हुन् । उनीहरु सेनामा विभिन्न प्रकारका सामान आपूर्ति गर्ने तथा बन्दोबस्तीका सामान ओसारपसारमा संलग्न रहँदै आएका छन् ।

सेनाको टोलीलाई विभिन्न संशाधन उपलब्ध गराउन खटिने त्यस्ता जवानको संख्या कम गरेर सेनाभित्र प्रविधिमैत्री संरचना बढाउन लागिएको सैनिक अधिकारीहरुको भनाइ छ ।

संसदीय समितिमा उदाहरण दिँदै सैनिक अधिकारीहरुले जनाएअनुसार सेनाको एउटा लडाकु कम्पनीमा १२० जना त्यस्ता सैनिक रहन्छन् । उनीहरुलाई प्रविधि उपलब्ध गराउने हो भने ८० जनाबाटै त्यति काम सम्पन्न हुने ती अधिकारीहरुको भनाइ छ ।

दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रविधिमा खर्च गर्ने सेनाको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)