मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एएफसीकप २०२१ को पहिलो छनौट खेलमा आर्मी र श्रीलंका पुलिस भिड्ने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 888
    SHARES

२४ चैत्र, काठमाडौं । पाहुना टोली श्रीलंकन पुलिस स्पोर्ट्स क्लबलाई आतिथ्यता गर्दै भोली विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्बलले एएफसीकप २०२१ सुरुआती छनोट चरणको खेल्दै छ । प्रि म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीले सुखद नतिजा निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य राखेका छन् ।

एएफसीकप २०२१ सुरुआती छनोट चरणमा श्रीलंकाली लिग च्यामिपयन श्रीलंका पुलिस स्पोर्ट्स क्लबले बुधबार दशरथ रंगशालामा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले त्यस खेलका लागि तयार रहेको र त्यसमा राम्रो प्रदर्शनको उद्देश्य रहेको बताए । घरेलु दर्शकको साथ पाउने अपेक्षा गरिएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितसँगै नेपाली फुटबल समर्थकलाई खुसी दिन चाहेको बताउनुभयो ।

यस्तै कप्तान भरत खवासले पनि प्रशिक्षकको सहमत जनाउँदै टिमको तयारी राम्रो रहेको बताउनुभयो । उहाँले टोलीमा राम्रो संयोजन भएको भन्दै भ्रमणकारी टोलीविरुद्ध सुखद नतिजा निकाल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

श्रीलंका पुलिस एससीका प्रमुख प्रशिक्षक झिलाउ एलपेन्सुले कोरोना भाइरसको महामारीका कारण खेलाडीले ढिलामात्र तयारी गरेको बताउनुभयो । पहिलो पल्ट एएफसीमा सहभागिता भएको र टोलीमा कोही पनि राष्ट्रिय खेलाडी नभएकाले खेल प्रभावित हुने डर प्रशिक्षकको छ ।

यस्तै कप्तान चमिका कुमाराले छोटो समय तयारी भए पनि राम्रो भएको र सकारात्मक नतिजाका लागि खेल्ने बताउनुभयो । प्रारम्पिभक चरणको खेल एकै लिगको मात्र हुनेछ । श्रीलंकाली टिमको तुलनामा आर्मीको वरीयता माथि भएको हुनाले उसले आफ्नो घरेलु मैदानको फाइदा उठाउने मौका पाएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले लासेन्स पाएपछि आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न थालेको यो पहिलो पल्ट हो । यसअघि मनाङ मस्र्याङ्दी ०७१ को विजेताका रूपमा एएफसी प्रेसिडेन्ट्सकप खेलेको थियो ।

बुधबारको खेलको विजेताले सात दिनपछि अप्रिल १४ मा भारतको आईएसएल टिम बेंगलुरु एफसीसँग गोवामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले पनि अन्तिम समूह चरण पुग्न तेस्रो खेल खेलनु पर्नेछ र त्यसको स्थानबारे निर्णय हुन बाँकी छ । दशरथ रंगशालामा हुने खेलमा बढीमा सात हजार दर्शनले प्रवेश पाउनेछन । सर्वसाधारणतर्फको टिकटको मूल्य ३ सय र भीआईपीतर्फको टिकटको मूल्य ५ सय रुपैंया राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)