मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘आहा रारा गोल्डकप’ : थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 607
    SHARES

२४ चैत्र , कास्की । ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा पुलिस क्लबको तर्फबाट जर्सी नं. ७७ का बुद्ध बल तामाङले गोल गर्न सफल भएका थिए । उनले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । यस्तै तेज तामाङ, सौजन राई र सुमन लामाले एक–एक गोल गरेर प्रतियोगितामा फराकिलो जित अन्तर कायम गरे ।

दोस्रो हाफको ६७ औं मिनेटमा तेजले गरेको गोलसँगै २–० को अग्रता कायम भएको थियो । त्यसको ६ मिनेट पछि पुलिसकै सुमन लामाले ७३ औं मिनेटमा गरेको गोलसँगै ३– ० का गोलको अग्रता कायम गर्न पुलिस सफल भएको थियो । त्यस्तै खेलको ८५ औं मिनेटमा सौजन राईले पुलिसका लागि थप गोल गरेपछि ४–० को जित सुनिश्चित भएको हो । यो जितसँगै पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसिएसनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)