शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाल आरोहणमा उत्साह, ३७ आरोही समूहलाई आरोहण अनुमति

सबैभन्दा बढी अनुमति सगरमाथा आरोहणका लागि


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २५, २०७७
  • 1.4K
    SHARES

फाइल फोटो

काठमाडौं, २५ चैत्र

कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बीच पनि सगरमाथासहितका हिमाल आरोहणमा उत्साह देखिएको छ । गतवर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा आशा जगाएको हो । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ३७ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ ।

सगरमाथाका १८ सहित ३७ आरोही समूहका ३०३ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि मात्रै १८ आरोही समूहले अनुमति लिएको छ । हालसम्म सगरमाथाको १८ आरोही समूहसहित ३७ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनु भयो।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।

कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ ।

वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म १८ आरोही समूहका १६७ आरोहीले आरोहण अनुमति लिएका छन् ।

यस याममा हिमाल आरोहण बापत पर्यटन विभागले हालसम्म झण्डै २३ करोड रोयल्टी सङ्कलन गरेको छ । विभागको सोमबारसम्मको विवरणमा रु २२ लाख ७७ हजार एक हजार ४५९ रोयल्टी जम्मा भएको छ । हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)