सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लन्डनमा म्यानमारका राजदुतलाई प्रवेशमा रोक


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०७७
  • 341
    SHARES

२६ चैत्र, काठमाडौं । बेलायतका लागि म्यानमारका राजदूतलाई कार्यालय प्रवेशमा सैनिक सत्ताले रोक लगाएको छ ।

राजदूत क्यए वार मिनले आफूलाई कार्यालय प्रवेशमा रोक लगाएने म्यानमारको सैनिक सत्ताका सहयोगीहरुले कर्मचारीहरुलाई पनि दूतावास छोड्न भनेको बताएका छन् ।

सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी देशको प्रतिनिधि रहेनौ’ भनेको राजदूत मिनले बताएका छन् ।

उनले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘मलाई कार्यलय प्रवेश गर्न दिइएन, बाहिरै राखियो ।’

म्यानमारको सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा प्रदर्शन हुँदै आएको छ र सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् ।

सैन्य कू को विरोध गर्दै राजदूत मिनले नियन्त्रणमा लिइएकी नेतृ आङ साङ सूकीसहितको रिहाइको माग गरेका थिए ।

प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनको क्रममा म्यानमारमा पाँच सय भन्दा धेरै मानिसको ज्यान गएको छ र त्यसमा दर्जनौँ बालबालिका पनि छन् ।

राजदूत मिनलाई बुधबार लण्डनस्थित दूतावासमा प्रवेश गर्न नदिइएको हो । उनले सो घटनालाई ‘मध्य लण्डनमा भएको म्यानमार सत्ताको कू’ का रुपमा हेरेको समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

उनले यस्तो खालको कू हुन नदिने पनि बताएका छन् ।

राजदूत मिन लण्डनको मेफेयर स्थित दूतावासको बाहिर स्थानीय महानगर प्रहरीका अधिकारीसँग बोल्दै गरेको देखिन्छ तस्बिरहरुमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)