सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा १८० जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०७७
  • 809
    SHARES

२६ चैत्र, काठमाडौं । इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १८० भन्दा बढी भएको बिहीबार जानकारी दिइएको छ । जाकार्ताका सरकारी अधिकारीहरुले जनाएअनुसार यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका थिए ।

यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले बिहीबार बिहान बताएका छन् । उनका अनुसार इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । उता इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ । वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो ।

इन्डोनेसियाको १२ करोड ५० लाख अर्थात देशको लगभग आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्ने गरेका पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)