मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रासफोर्डकाे कीर्तिमानमा म्यानचेस्टर विजयी, आर्सनल रोकियो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०७७
  • 356
    SHARES

२७ चैत्र, काठमाडौं । युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनअन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले ग्रानााडालाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । भिक्टर लिन्डेलोफको लामो पासलाई सदुुपयोग गर्र्द मर्कस रासफोर्डले खेलको ३१ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । ९० मिनेटमा पेनाल्टीमार्फत ब्रुनो फर्नान्डेजले अर्को गोल गरे ।

रासफोर्डले यस सिजन च्याम्पियन्स लिग र युरोपा लिगमा कुल ८ गोल गरिसकेका छन् । १९६४–६५ मा बबी चाल्र्टनले यस्तै उपलब्धि हासिल गरेका थिए । त्यसयता, कुुनै पनि इंलिस खेलाडीले एकै सिजन युरोपेली लिगमा ८ गोल गर्न सकेका थिएनन् ।

आर्सनल बराबरीमै रोकियो
यता अर्को इंलिस क्लब आर्सनल पहिलो लेगमा स्लाभिया प्रागसँग बराबरीमै रोकिएको छ । घरेलु मैदानमा पेपेले गोल गर्दै ८६ औं मिनेटमा आर्सनललाई अघि बढाएका थिए । तर नाटकीय खेलको इन्जुरी समयमा प्रागबाट टोमस हलेसले अवे गोल गर्दा खेल बराबरीमा सकियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)