मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्लोइडको मृत्यु अक्सिनको कमीका कारण भएको हो : चिकित्सक


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०७७
  • 769
    SHARES

२७ चैत्र, काठमाडौं । जर्ज फ्लोइडको निधन पक्राउ पर्ने क्रममा अक्सिनको कमीका कारण भएको एक चिकित्सकले बताएका छन् । फ्लोइडको हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाईको क्रममा चिकित्सकले यस्तो बताएका हुन् ।

चोभन पक्षका वकिलको दाबी विपरित चिकित्शकको भनाई आएको हो । डा. मार्टिन टोबिनले फेन्टनायल (एक प्रकारको ओपिओइड) का कारण नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘फेन्टनायलका कारण फ्लोइडको निधन भएको होइन । स्वस्थ मानिस पनि त्यस्तो अवस्थामा मर्न सक्ने थियो । उनको मृत्यु पक्राउ पर्ने क्रममा अक्सिजनको अभावका कारण भएको हो ।’

चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । ४५ वर्षका चोभनले फ्लोइडलाई पक्राउ गर्ने क्रममा ९ मिनेट भन्दा धेरै समय घाँटीमा घुँडाले थिचेको भिडियोमा देखिन्छ ।

४६ वर्षका फ्लोइडको गएको वर्ष प्रहरी हिरासतमा निधन भएको थियो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो ।

पूर्व प्रहरी अधिकारी चोभनले हत्या तथा नरशंहारको आरोप अस्वीकार गरेका छन् । चोभनका वकिलहरुले फ्लोइडको मृत्यु लागुऔषधको अत्याधिक प्रयोग तथा कमजोर स्वास्थ्य अवस्थाका कारण भएको र प्रहरीले बल प्रयोग गर्नै पर्ने बाध्यताका कारण गरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)