मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या संख्या १ लाख २७ हजार नाघ्यो


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २८, २०७७
  • 619
    SHARES

२८ चैत्र, काठमाडौं । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको छ भने संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि निरन्तर घट्दै गएको छ । महामारी शुरु भएयता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

बितेको २४ घन्टामा थप ६० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख २७ हजार ४० पुगेको हो । पछिल्लो एक सातामा मृतक संख्यामा २५.८ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा थप तीन हजार एक सय ५० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ६५ हजार ४६१ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजारको हाराहारीमा रहँदै आएको छ । संक्रमित संख्यामा पनि गतसाताको तुलनामा ३२२ प्रतिशतले ह्रास आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)