मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पश्चिम बंगालमा टीएमसी–भाजपाका कार्यकर्ताबीच झडप हुँदा ४ को मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २८, २०७७
  • 644
    SHARES

२८ चैत्र, काठमाडौं । पश्चिम बंगालको ५ जिल्लामा ४४ सिटमा आज चौथो चरणको मतदान जारी छ । यस दौरान कयौँ क्षेत्रमा हिंसाको खबरहरु आएका छन् । कूचबिहारको सीतालकुचीमा तृणमूल काँग्रेस र भाजपाका समर्थकबीच झडप भएको छ ।

झडपमा ४ जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले फायरिङमा उनीहरुको मृत्यु भएको दलहरूको आरोप छ । हाल सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् ।

चुनाव आयोगका अनुसार बिहान ११ बजेसम्म १६.६५ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन् । यस चरणमा ३७३ प्रत्यासी चुनावी मैदानमा खडा छन् । उनको भाग्यको फैसला १.१५ करोड मतदाताले गर्नेछन् ।

हावडाको ९, दक्षिण २४ परगनाको ११, अलीपुरद्वारको ५, कूच बिहारको ९ र हुगलीको १० सिटमा मतदान जारी रहेको छ । यस चरणमा एक केन्द्रीय मन्त्रीसहित ३ सांसदको भविष्य दाउमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)