मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यमनको मारिब प्रान्तमा भएको भिडन्तमा परि ४७ जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 636
    SHARES

३० चैत्र, काठमाडौं। यमनको मारिब क्षेत्रमा गएको २४ घण्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ । द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४ घन्टा यता निधन भएको समाचारमा उल्लेख गरिएको छ ।

उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन् । त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीहरुका विरुद्धमा आक्रामक रुपमा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । सो क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ । पछिल्लो समयमा भएको सो हवाई कारबाहीबाट नै ती विद्रोही मारिएका छन् । पछिल्लो २४ घन्टामा पनि साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परेर २५ जना हुथी विद्रोही मारिएका छन् । उता हुथी विद्रोहीले यमनको सेनामाथि पनि हमला गरेका छन् ।

त्यसमा परेर कम्तीमा पनि २० जना सेना मारिएका स्थानीय अधिकारीले जनाएका छन् । ती अधिकारीले पछिल्लो समयमा विद्रोहीहरुको निसानामा सर्वसाधारण नागरिक पनि पर्ने गरेको बताएका छन् । हुथी विद्रोहीहरुको आक्रमणमा परेर सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । गत शनिबार पनि सो क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच ठूलो भिडन्त भएको छ ।

तेलका लागि धनी सो क्षेत्रमा विगत लामो समयदेखि यहाँका विद्रोहीहरुले तेल कब्जा गर्नका लागि भिडन्त गर्ने गरेका छन् । तर यहाँको सरकारी सेनाले पनि यहाँको स्थानीय सरकार र स्थानीय विभिन्न जातिहरूसँग मिलेर विद्रोहीहरुका विरुद्धमा सशक्त कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)