मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली यु–१९ राष्ट्रिय क्रिकेटलाई चौधरी ग्रुपले प्रायोजन गर्ने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 480
    SHARES

काठमाडौं, ३० चैत्र
नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न आज (सोमबार) नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ ।

राजधानीमा भएको एक कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताबापत चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दियो ।

सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइवाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौतबाट नेपाली क्रिकेटले पुन उचाई लिनेमा विश्वास व्यक्त गर्नुभयो । क्यान क्रिकेट निर्देशक विनोद दाशले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिनुभयो । यू–१९ महिला क्रिकेट टिमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)