मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास कोरियाको बृहत् रचना वाचन कार्य​क्र​म​ सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 931
    SHARES
चैत, ३० – सौल, कोरिया
नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा निरन्तर लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ ।
अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष डि. आर. न्यौपाने सूर्यले गरेका थिए भने कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य कार्यक्रम संयोजक आर. एन.ले दिएका थिए ।
नेपाली भाषासाहित्यमा लामो स​म​य​देखि योगदान गर्दै आउनुभएका वरिष्ठ साहित्यकार शैलेन्द्र साकारल​गाय​त अन्य​ अतिथिह​रू रमेश श्रेष्ठ,गोवर्द्धन पूजा र महेश पौड्यालको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यमा सर्वाधिक लेखिने विधा कविता,गजल र मुक्तकको क्षेत्रमा कलम चलाइरहनु भएका वर्तमान समयका चर्चित साहित्यकारहरू रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन,कपिल अञ्जान, दिलु थापा मगर, प्राञ्जल, रामचन्द्र शर्मा र ऋद्धिमा रिजालले आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । कोरिया च्याप्ट​र​ले स्थाप​नाकालदेखि नै अन​व​र​त भाषासाहित्य​को विकास​ र​ विस्तार​मा योग​दान दिंदै आएको अतिथि स्र​ष्टाह​रूले स्म​र​ण​ ग​र्दै स​बैमा न​याँ व​र्ष​को शुभ​काम​ना दिए।
अतिथि स्र​ष्टाह​रू र​ वाच​कह​रूलाई च्याप्ट​रले स​म्मान -प​त्र​ वित​र​ण​ ग​रेको छ​। त्य​सैग​री गतवर्ष आयोजित कोरियाव्यापी कविता प्रतियोगिता २०७७ मा प्रथम, द्वितीय र तृतीय हुनुभएका कविहरू क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ​। विग​त​ लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​ज​ल,मुक्त​क ज​स्ता सबै विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू ग​रेको स्म​र​ण ग​र्दै य​स​ कार्य​क्र​ममा प​नि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराएर नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय कार्य गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)