मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक दिन चुनाव प्रचार गर्न प्रतिबन्ध


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 405
    SHARES

३१ चैत्र, काठमाडौं । भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ । चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ।

केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो ।

पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि सुरु भएको थियो । आठ चरणमध्ये चार चरणको चुनाव सम्पन्न भइसकेको छ । चार चरणको चुनाव बाँकी रहेको बेला ममतामाथि प्रतिबन्ध लगाइएको हो।

ममताले निर्वाचन आयोगको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भनेकी छन् । त्यसविरुद्ध मंगलबार कोलकाताको गान्धी मूर्ति अगाडि धर्नामा बस्ने घोषणा उनले गरेकी छन् ।

भारतीय जनता पार्टी (भाजपा)ले भने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)