मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी प्रहरीबाट अश्वेत युवक मारिएपछि तनाव, दुई शहरमा कर्फ्यु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 382
    SHARES

३१ चैत्र, काठमाडौं । अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ । तनावकै कारण अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो । त्यसक्रममा घम्साघम्सी हुँदा प्रहरीको गोली लागेर ती युवकको मृत्यु भएको थियो ।

घटनाको विरोधमा स्थानीयले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै आएका छन् । स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पल शहरका मेयरहरुले आपतकाल घोषणा गर्दै रातिको समयमा कर्फ्यु जारी गरेका छन् ।

स्थानीय प्रहरी अधिकारीले आफूहरुबाट गल्ती भएको बताए पनि प्रदर्शन रोकिएको छैन ।

यसअघि प्रहरीबाट अश्वेत नागरिक जर्ज फ्लोयड मारिँदा अमेरिकाभर तनाव सिर्जना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)