मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ताइवानको हवाई सीमामा प्रवेश गरे चीनका दुई दर्जन भन्दा धेरै लडाकू विमान


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 369
    SHARES

३१ चैत्र, काठमाडौं । चीनका दुई दर्जन भन्दा धेरै लडाकू विमान ताइवानको हवाई सीमामा पसेका छन्। ताइवानले सोमबार उसको हवाई क्षेत्रमा ठूलो संख्यामा चीनका लडाकू विमान प्रवेश गरेको जनाएको हो।

ताइवानको रक्षा मन्त्रालयले सोमबार एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा चीनका २५ वटा विमान प्रवेश गरेको जनाएको हो। २५ वटा विमान मध्ये केही परमाणु हतियार ओसार्न सक्षम लडाकू विमान पनि रहेको ताइवानको दाबी छ।

याे घटनालाई पछिल्लो एक वर्ष यता चीनका तर्फबाट भएको सबैभन्दा ठूलो अतिक्रमण भनिएको छ। अमेरिकाले हालै चीनले लगातार बढाइरहेको आक्रामक व्यवहारलाई लिएर चेतावनी दिएको थियो।

एक चीन नीति अन्तर्गत चीनले ताइवानलाई आफ्नो एक हिस्सा मान्ने गरेको छ तर ताइवानले भने आफूलाई एक स्वतन्त्र राष्ट्र मान्ने गरेको छ।

ताइवानको दाबी अनुसार सोमबार घुसेका चिनियाँ विमान मध्ये १८ लडाकू जेट, चार बमवर्षक विमान (परमाणु हतियार ओसार्न सक्षम) दुई सबमरिन विमान र समयभन्दा अगाडि नै चेतावनी दिने एक विमान सामेल थियो।

ताइवानकाे रक्षा मन्त्रालयले चिनियाँ विमान चेतावनी दिनका लागि सीमा क्षेत्रमा घुसेकाे आराेप लगाएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)