मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेट

मुम्बई इन्डियन्सको पहिलो जीत


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १, २०७८
  • 372
    SHARES

काठमाडौं, १ बैशाख

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जीत निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बई २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा समेटिएको थियो । कोलकाताका अलराउण्डर आन्द्रे रसेलले दुई ओभरमा पाँच विकेट लिएपछि मुम्बई सस्तैमा अलआउट भएको हो ।

१५३ रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको कोलकाता २० ओभरमा सात विकेट गुमाउँदै १४२ रनमा रोकिएपछि १० रनले मुम्बईले यो जीत हात पारेको हो ।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका स्पीनर बलर राहुल चहरले आफ्नो व्यक्तिगत चार ओभरमा २७ रन खर्चेर चार विकेट लिन सफल भएका थिए । राहुल चहर यस खेलका प्लेयर अफ द म्याच घोषित समेत भएका थिए । आज साँझ हुने खेलमा भने रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीच आमनेसामने हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)