अमेरिकामा माउन्टेन खबरडटकम द्वारा कविलाई उपहार प्रदान् गरेको छ । अमेरिकाको वोस्टनको सिर्जना उत्सव द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली कवि सम्मेलन गर्यो । नेपाली नयाँँ बर्ष २०७८ को शुभकामना आदान-प्रदान गर्न विश्व भरी बाट नेपाली कविहरुलाई सहभागि गराईएको थियो ।
सो अवसरमा बि सँ २०७७ लाई चैत्रको अन्तिम दिन ३१ गते राती बिदा गरी २०७८ लाई स्वागत गरिएको थियो । ममता कर्मचार्यको स्वागत मन्तब्य बाट सुरु गरिएको उक्त कार्यक्रम दीपा पुन राई पुन र गोवर्धन पूजाद्वारा सन्चालन गरिएको थियो ।
मध्यरात ठीक १२ बजे नयाँ बर्षको शुभकामनाका खुशी प्रफुल्लित भएका थिए । सबै कविहरुले आफ्नो रचना वाचन गरी सके पछी माउण्टेन खबरको भाग्यसाली उपहारको चिट्ठा राम लामा अविनाशी द्वारा तानिएको थियो । उक्त उपहार न्युयोर्क निवासी वरिष्ठ कवि बसन्त श्रेष्ठलाई परेको थियो ।
































