मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिन्द महासागरमा चीनले हस्तक्षेप गरिरहेको भारतको आरोप


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 425
    SHARES

२ बैशाख, काठमाडौं । भारतले चीनको नासेना हिन्द महासागरमा पछिल्लो एक दशकदेखि लगातार घुसिरहेको आरोप लगाएको छ ।

भारतको नौसेना प्रमुख एडमिरल करमबीर सिंहले बुधबार भारतले पछिल्लो एक दशकमा हिन्द महासागरमा चीनको नौसेनाको नियमित उपस्थिति देखेको बताएका छन् ।

द इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार एडमिरल सिंहले भने, ‘जहाँसम्म हिन्द महासागरमा चीनको नौसेनाको प्रश्न छ, हामीले एक दशकभन्दा बढी समयदेखि उनीहरुको लगातार उपस्थिति देखेका छौं ।’

उनले थपे, ‘चीन आफ्नो ऊर्जा, बजार र संसाधनका लागि पश्चिमतर्फ हेर्ने गर्छ । यस्तोमा यदि उनीहरु चाँडै नै हिन्द महासागर क्षेत्रमा देखिन्छन् भने यो अचम्मको कुरा हुनेछैन किनभने जहाँ व्यापार हुन्छ त्यहाँ नौसेना पनि हुन्छन् । ’

चीनले तेस्रो युद्धपोतको विकास गरिरहेको छ । यसबारे एडमिरल सिंहले भने, ‘भारत चीनको नौसेनको विकासको रफ्तारमा चकित छैन किनभने उनीहरुसँग उद्देश्य र साधन छ । ’

चीनको नौसेनाको क्षमतामा एडमिरल सिंहले भने, ‘चीनको उद्देश्य स्पष्ट छ । उसले अमेरिकासँग भएको जस्तै क्षमता हासिल गर्न चाहन्छ ।’

अमेरिकी नौसेनासँग प्रथम विश्वयुद्ध ताकाकै युद्धपोत छन् । भारत पनि पछिल्लो आठ वर्षदेखि युद्धपोतको सञ्चालन गर्दै आएको छ । यस्तै एडमिरल सिंहले चीन यो दिशामा निकै तीब्र गतिमा अघि बढिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)