बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा पछिल्लो २४ घण्टामा २ लाख भन्दा बढी संक्रमित फेला


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 565
    SHARES

२ बैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ ।

महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन दुई लाख भन्दा धेरै संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या दुई लाख भन्दा बढि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सो अवधिमा कोभिड–१९ का कारण एक हजार ३८ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढि पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ८ भय भन्दा धेरै छ ।

कोभिड–१९ का कारण भारतमा हालसम्म एक लाख ७३ हजार १२३ जनाको ज्यान गएको छ । भारतमा खोप अभियान पनि जारी छ ।

हालसम्म ११ करोड ४४ लाख ९३ हजार भन्दा धेरै कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)