२ बैशाख, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नो जलवायु सम्बन्धी सन् २०१५ मा भएको पेरिस सम्झौताप्रति भारतले प्रतिवद्धताहरु पूरा गर्ने बताएका छन्।
अमेरिकी जलवायु सम्बन्धी विदेश दूत जोन केरीसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले सम्झौताको भावना अनुसार भारतले जलवायु मैत्री आर्थिक विकास र उद्योगहरुको आधुनिककरणमा काम गरिरहेको बताउनुभएको हो।
प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको सहकार्य र सहयोगले विशेष गरी वित्तिय नवीनता र हरित प्रविधिको प्रयोग हुन सके अन्य देशमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
अमेरिकी विशेष दूत केरीले दुई देशले विश्वकै साझा समस्या रहेको जलवायु सम्बन्धी क्षेत्रमा काम गर्दा प्रगति हाँसिल गर्न सक्ने बताउनुभयो। केरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २२–२३ मा जलवायु सम्बन्धी भर्चुअल कन्फ्रेन्सको आयोजना गर्नुअघि भारत, संयुक्त अरब इमिरेटेस, र बंगलादेशको भ्रमण गर्दैहुनुहुन्छ ।
