बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खाेप लगाएका आमाको दुधबाट शिशुमा एन्टीबडी स्थानान्तरण हुने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 725
    SHARES

२ बैशाख, काठमाडौं । शिशुलाई कोरोनाको खोप लगाउने अनुमति छैन । यस्तोमा यदि आमालाइ खोप दिइएको छ भने आमाको दूधको माध्यमबाट शिशुले आफ्नो शारीरिक प्रणालीमा एन्टीबडी प्राप्त गर्न सक्ने अध्ययनले देखाएको छ ।

अध्ययनमा पहिलो चरणको खोप लगाएको आमाको दुधमा तुरुन्तै ”आइजीए” तथा ”आइजीजी” एन्टीबडीको स्तर उच्च रहेको पाइएको छ । यी दुबै एन्टीबडी पहिलो चरणको खोप लगाएको १४ देखि २० दिन भित्र महत्वपूर्ण स्तरमा पाइएको थियो । उक्त रिपोर्ट प्रसूती तथा स्त्रीरोग सम्बन्धि अमेरिकन जर्नलमा प्रकाशित छ ।

अमेरिकाको सेन्ट लुइसस्थित वासिङ्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनका प्रसुती तथा स्त्री रोगका सहायक प्राध्यापक तथा मुख्य लेखक जेनी केलीका अनुसार पहिलो चरणको खोपको दुई सातापछि आमाको दुधमा कोरोना भाइरसविरुद्ध अत्यधिक मात्रामा एन्टीबडी निर्माण भएको पाइयो । जुन तीन महिना लामो चलेको अध्ययनमा निरन्तर पाइएको थियो ।

यस अध्ययनमा पाँचजना आमाहरु सामेल थिए जसले फाइजर बायोटेक खोप दुई चरणमा लगाएपछिको दुध नमूनाका रुपमा दिएका थिए ।

वासिङ्टन विश्वविद्यालयका बाल रोग विशेषज्ञका सहायक प्राध्यापक मिस्टी गुडका अनुसार यस अध्ययनमा सानो संख्यामा आमाहरु समावेश भएपनि खोपपछि स्तनपान गराएका शिशुहरुमा प्रतिरक्षा स्तरमा भएको वृद्धिको खबर उत्साहजनक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)