मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेट

३ विकेटको जित निकाल्दै राजस्थान विजयी


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 496
    SHARES

भारत,३ बैशाख

गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनमा समेटिएको थियो । दिल्लीको सुरुवाती ब्याटिङ खासै राम्रो हुन नसकेपनि कप्तान रिषभ पन्तले अर्ध-शतकीय कप्तानी पारी खेल्दै १४७ रनको साधारण योगफल बनाएका थिए ।

१४८ रनको लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको राजस्थानले १९ दशमलव ४ ओभरमा आफ्नो सात विकेट गुमाउँदै १५० रन बनाएपछि यो जित राजस्थानको हातमा गएको हो ।

राजस्थानका लागि जयदेव उनादकातले आफ्नो चार ओभरमा १५ रन खर्चिएर ३ विकेट लिंदै ११ रनको पारी खेलेवापत प्लेयर अफ द म्याच घोषित भए ।

राजस्थानले दिल्लीलाई पछिल्लो ६ खेलमा पहिलोपटक हराउन सफल भएको हो ।

आज साँझ चेन्नई सुपरकिङ्स र पञ्जाव किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)