बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिलीमा संक्रमण बढेपछि पुन: लकडाउन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 394
    SHARES

३ बैशाख, काठमाडौं । चिलीमा खोप कार्यक्रम सम्पन्न हुँदा पनि कोरोना संक्रमण व्यापक रुपमा बढेपछि पुनः लकडाउन गरिएको छ ।

चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिसले महामारी शुरु भएयताकै सबैभन्दा बढी संक्रमण भएको भन्दै पुनःकडा लकडाउनमा जानुपर्ने अवस्था आएको बताउनु भएको हो ।

चिलीमा अप्रिल ९ मा एकै दिनमा ९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । यो संख्या अहिलेसम्मकै उच्च हो । गत वर्ष मध्य जुनमा संक्रमण उच्च भएका बेला पनि दैनिक संक्रमण ७ हजारभन्दा कम थियो । चिलीका अस्पतालका सघन उपचार कक्षहरु कोरोनाका विरामीले भरिएका छन् । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले लकडाउन गरेर त्यहाँ बसोबास गर्ने १ करोड ८० लाख नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

नागरिकको जीवन रक्षाका लागि असहज भएपनि लकडाउनमै जानुपर्ने अवस्था आएको बताइएको छ । चिली विश्वमै कोरोना विरुद्धको खोप कार्यक्रम छिटो सम्पन्न गर्ने मुलुक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)