मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा कम्तीमा ५१ बालबालिकाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 354
    SHARES

३ बैशाख, काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीहरूको हींसाका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा आन्दोलनका क्रममा उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले उक्त जानकारी दिनुभएको हो ।

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

म्यानमारमा आन्दोलनका क्रममा हालसम्म ७०७ जनाले ज्यान गुमाइसकेका छन् भने कैयौं घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)