मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेट

पञ्जाब छ विकेटले पराजित


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ४, २०७८
  • 344
    SHARES

मुम्बई ,४ बैशाख

इन्डियन्स प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार साँझ मुम्बईमा सम्पन्न खेलमा महेन्द्रसिंह धोनीको टिम चेन्नाई सुपर किङ्सले पञ्जाब किङ्सलाई छ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निकै कमजोर र फितलो खेल प्रदर्शन गरेको थियो । एकपछि अर्का धुरन्धर ब्याट्सम्यान आउट भएपछि संघर्ष गर्नु परेको पञ्जाबका लागि शाहरुख खानले ४७ रन बनाएपछि टिमले कूल स्कोर १०६ खडा गर्न सकेको थियो ।

पञ्जाबका कप्तान केएल राहुल ५, मयंक अग्रवाल ०, क्रिस गेल १०, दीपक हूडा १०, निकोलास पूरन ०, रिचार्डसन १५, मुरुगन अश्विन ६, मोहम्मद शामी ९ र राइले मेरेडिथले ० रन बनाएका थिए ।

चेन्नाईका लागि दीपक चहरले ४ विकेट लिएका थिए ।

टिमको स्कोर २६ हुँदा पाँच विकेट गुमाएको पञ्जाबले ५७ मा छ र ८७ मा ७ विकेट गुमाएर निरिह अवस्थामा थियो । चेन्नाईका लागि रविन्द्र जडाजले उत्कृष्ट फिल्डिङ गरेर कप्तान केएल राहुललाई रनआउट गर्नुका साथै क्रिस गेलको विकेट समातेका थिए ।

१०७ रनको झिनो लक्ष्य पछ्याएको चेन्नाईले तीन विकेट गुमाएर २६ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । चेन्नाईका लागि रुतुराज गैकवाडले ५, मोइन अलिले ४६, अम्बाटी रायडू ०, सुरेश रैनाले ८ रन बनाएका थिए । फाफ डु प्लेसीले अविजित ३६ तथा साम कुरानले ५ रन बनाएका थिए ।

यो जितसँगै चेन्नाईले २ खेलबाट २ अंक जोड्न सफल भएको छ ।

भोलिको खेल मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच चेन्नाईमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)