मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१२ मिनेटमा चार गोल गर्दै बार्सालाई कोपा डेल रेको उपाधि


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 387
    SHARES

५ बैशाख, काठमाडौं । बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

खेलको ६० औँ मिनेटसम्म बार्सिलोनालाई एथ्लेटिकोले रोकेको थियो । तर, फ्रेंकी डि योङको पासमा गोल गर्दै एन्टोनी ग्रिजमानले बार्सालाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि डि योङले बार्साको अग्रता दोब्बर बनाए ।

त्यसपछि कप्तान लियोनेल मेस्सीले दुई गोल थप्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । रोनाल्ड कोमानको नेतृत्वमा बार्सिलोनाले पहिलोपटक उपाधि जितेको हो । सन् २०१९ पछि बार्सिलोनाको यो पहिलो उपाधि हो ।

यता, एथ्लेटिकले भने दुई हप्ताको अन्तरालमा दुईवटा कोपा डेल रे फाइनल हार्न पुगेकाे छ । गत अप्रिल ३ मा सन् २०२० को फाइनल ढिला गरी खेलाइएको थियो । त्यसमा एथ्लेटिको रियल सोसिडाडसँग हार्न पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)