मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विन्ड्सर कासलमा राजुकमार फिलिपको अन्तिम संस्कार सम्पन्न (तस्बिरहरुसहित)


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 952
    SHARES

५ वैशाख, काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासलस्थित सेन्ट जोर्ज च्यापलमा भएको छ ।

नेपाली समय अनुसार आइतबार बेलुका ड्यूक अफ एडिन्बरा (राजकुमार फिलिप) को अन्तिम संस्कार विशेष समारोहबिच भएको हो । ड्यूक अफि एडिन्बराको शव सेन्ट जोर्ज च्यापलमा रहेको रोयल भल्टमा समाधिस्थ गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण लागु प्रतिबन्धात्मक नियमका कारण राजकुमार फिलिपको अन्तिम संस्कारमा सीमित व्यक्तिहरु मात्रै सहभागी भएका थिए ।

अन्तिम संस्कारको मुख्य विधि गरिँदा महारानी एलिजाबेथ सेन्ट जोर्ज च्यापलमा बनाइएको क्वायरको अग्रस्थानमा एक्लै बसेकी थिइन् । सहभागीहरुले मास्क लगाएका थिए भने भौतिक दूरी कायम गरेका थिए ।

समारोहमा डीन अफ विन्सोरले राजकुमार फिलिपको दयाभाव, निष्ठा र मानवताको भावनाप्रति सम्मान प्रकट गरेका थिए ।

ड्यूकका सन्तानहरु उनको कफिन पछि हिँडेका थिए अन्तिम संस्कारको प्रक्रिया चल्दै गर्दा । अन्तिम संस्कारको क्रममा राष्ट्रव्यापी रुपमा एक मिनेटको मौनधारण गरिएको थियो ।

समारोहमा सुरक्षाबलका ७३० भन्दा बढि सदस्य सहभागी भए । सेन्ट जोर्ज च्यापल भित्र भने मात्रै ३० जना सहभागी भए ।

ड्यूक अफ एडिन्बराको अप्रिल ९ मा ९९ वर्षको उमेरमा निधन भएको हो ।

राजकुमारी एनी र राजकुमार चार्ल्स कफिनको पछाडि सबैभन्दा अघि थिए । त्यसपछि राजकुमार एड्वार्ड र राजकुमार एन्ड्रयू हिँडेका थिए ।

राजकुमार विलियम र राजकुमार ह्यारी सँगै हिँडे भने साथमा उनीहरुका कजन पिटर फिलिप्स थिए ।

विलियम र ह्यारी अन्तिम संस्कारको क्रममा विभिन्न स्थानमा बसेका थिए । तर प्रक्रिय सकेर फर्किने क्रममा दाजुभाइले कुराकानी गर्दै गरेको देखिन्थ्यो ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)