मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारका सैनिक शासक आसियानको सम्मेलनमा सहभागी हुने


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 818
    SHARES

५ वैशाख, काठमाडौं । म्यानमारको जुन्ता सरकारका प्रमुख मिन आङ लाइङ दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानको सम्मेलनमा सहभागी हुने भएका छन्। अप्रिल २४ मा इन्डोनेसियाको जकार्तामा हुने सम्मेलनमा उनी सहभागी हुन लागेका हुन्।

जननिर्वाचित सरकारलाई च्युत गरेर फेब्रुअरी १ मा सत्ता हत्याएका सेना प्रमुख लाइङको कूपछि यो पहिलो विदेश भ्रमण हो।

सैनिक कूपछि भएका प्रदर्शनका क्रममा अहिलेसम्म म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ७ सय २८ जना नागरिकको ज्यान गएको छ भने हजारौंलाई गिरफ्तार गरिएको छ।

एक दशकअघि प्रजातन्त्र आएको म्यानमारमा फेरि सैनिक कू भएपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले चर्को विरोध गरेका छन्। म्यानमारका छिमेकी मुलुकहरू भारत थाइल्यान्डले भने कडा प्रतिक्रिया जनाएका छैनन्। उत्तरी छिमेकी चीन त संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सैनिक शासकका पक्षमा उभिएको छ।

म्यानमारका प्रदर्शनकारीहरूले सैनिक कू र नरसंहारलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरिरहेका बेला क्षेत्रीय संगठन आसियानको सम्मेलनमा सेना प्रमुख सहभागी हुन लागेका हुन्। सम्मेलनमा म्यानमारको पछिल्लो अवस्थाबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)