मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जलवायु परिवर्तनका मुद्दामा सहकार्यका लागि अमेरिका र चीनबिच सहमति


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 293
    SHARES

५ बैशाख, काठमाडौं । जलवायु परिवर्तको मुद्दामा सहकार्यका लागि प्रतिवद्ध रहेको अमेरिका र चीनले बताएका छन्।

चीन र अमेरिकाका जलवायु परिवर्तन विशेष दूत सी झेनहुआ र जोन केरीबिच गएको हप्ता शाङ्घाइमा भएका विभिन्न चरणका वार्तापछि जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका सवालमा सहकार्य तथा मिलेर काम गर्न प्रतिबद्ध भएका हुन्।

दुवै देश कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गन सहमत भएको आइतबार जारी संयुक्त वक्तव्यमा उल्लेख छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हप्ता भर्च्युअल रुपमा जलवायु सम्मेलन गर्दै छन्। चीनले सो सम्मेलनका लागि उत्साहित रहेको बताएको छ। तर सो सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी हुने–नहुने स्पष्ट भएको छैन।

आइतबार जारी वक्तव्यमा भनिएको छ, ‘अमेरिका र चीन एकअर्का र अरु देशसँग जलवायु संकटसँग जुध्ने प्रयासका लागि सहकार्य गर्न प्रतिवद्ध छन्, यो मुद्दा गम्भीरता र तत्काल सम्बोधन गर्नु पर्ने विषय हो।’

दुवै देशबिच वार्ता जारी राख्ने र पेरिस जलवायु सम्झौता अनुरुप तय भएको सीमामा तापक्रम वृद्धि सीमित गर्नका लागि आवश्यक पहल गर्ने सहमति भएको उल्लेख छ।

विकासशील देशहरुलाई सक्दो कम कार्बन युक्त उर्जा उत्पादनका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा पनि अमेरिका र चीन सहमत भएका छन्।

वातावरणीय समूह ग्रीनपिसका शीर्ष जलवायु सल्लाहकार ली शुओले चीन र अमेरिकाबिच भएको सहमतिलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन्।

जो बाइडेनले आउँदो बिहीबार र शुक्रबार विश्वका ४० देशका नेताहरुसँग जलवायु सम्मेलन गर्दै छन् । सो सम्मेलनका लागि नेपाललाई भने निम्तो दिइएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)