बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैपटक २ लाख ७५ हजार संक्रमित भेटिए


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 710
    SHARES

६ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार भारतभरि १ हजार ६सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् भने दोस्रो नम्बरमा नेपालको सीमा जोडिएको राज्य उत्तर प्रदेशमा संक्रमित भेटिएका छन्।

परीक्षण गरिएकाहरूमा कोरोना पोजेटिभ भेटिने प्रतिशत पनि पहिलाभन्दा निकै बढेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले भारतमा एक सय जनालाई कोरोना परीक्षण गर्दा १६ जनालाई संक्रमण भेटिने गरेको छ।

कोरोनाको संक्रमणसँग भारतमा खोप अभियान पनि जारी छ। आइतबार त्यहाँ झन्डै २६ लाख ८४ हजार मानिसलाई कोरोनाको खोप लगाइएको थियो।

भारतमा अहिलेसम्म १ करोड ५० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये १ लाख ७८ हजारले ज्यान गुमाएका छन्।
कोरोनाको दोस्रो लहर फैलिएसँगै विभिन्न राज्यहरूले प्रतिबन्ध लगाउन थालेपछि कामका लागि विभिन्न सहरमा पुगेका मजदुरहरू घर फर्किने क्रम पनि बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)