मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मलेसियाद्वारा नेपाललाई ११० रनको चुनौती पेश


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 747
    SHARES

६ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार भएको खेलमा मलेसियाले नेपाल सामु ११० रनको चुनौती पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियामा १६.५ ओभरमा अलआउट हुँदै १०९ रन बनाएएको हो ।

मलेसियाको सुरुवात त्यति सुखद हुन सकेन । ओपनर अन्वर अरुदिन क्याच आउट भए भने क्याप्टेन अहमद फैज पनि रन आउट हुँदा मलेसियाले आफ्नो महत्त्वपूर्ण ब्याट्सम्यानहरु चौथौ ओभर भित्रै गुमाउन पुगेको थियो ।

मलेसियाका अर्का ओपनर साईद अजिज नै मलेसियाको लागि महत्त्वपूर्ण खेलाडी बन्न पुगे, उनले २४ बलको सामना गरि ४ चौका र १ छक्काको मद्दतले २७ रन बनाउन सफल भए ।

त्यस्तै नेपालको बलिङमा करण केसीले सर्वाधिक ३ विकेट लिए । जसका लागि उनले ३ ओभरमा १७ रन खर्चिए । यस्तै सन्दिप लामिछानेले २ विकेट र सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहव आलमले समान १–१ विकेट लिएका थिए ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई हराएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)