६ बैशाख, काठमाडौं । कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाए ।
