मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोनाका कारण कक्षा १०को परीक्षा स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 737
    SHARES

७ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि भारतमा कक्षा १० को वार्षिक परीक्षा रद्द गरिएको छ।

काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई) ले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो।

बोर्डले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आइसिएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ।

विद्यार्थी तथा शिक्षकको सुरक्षा आफूहरुका लागि पहिलो प्राथमिकता रहेको बोर्डले जारी गरेको वक्तव्यमा छ।

बोर्डले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको पक्रिया थाल्न भनेको छ। कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका बनाउने र निश्चित गरिएको मितिमा नतिजा सार्वजनिक गरिने पनि बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)