मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले नेदरल्याण्डलाई दियो २०७ रनको लक्ष्य


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 636
    SHARES

७ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४६ बलमा ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन जोडे । यस्तै कुशल मल्लले ७ बलमा ३ छक्का प्रहार गर्दै १८ रनको योगदानी दिए ।

यस्तै नेदरल्याण्डका लागि भिभियन किङ्ग्मा र पिटर सिलरले दुई/दुई विकेट लिए भने बास डे लिडे र आर्यन दत्तले एक/एक विकेट हात पारे ।

नेपालले मंगलबार टी–२० अन्तर्राष्ट्रिय म्याचमा दोस्रो उच्च स्कोर खडा गरेको हो ।

यसअघि सन् २०१९ मा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)