मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 344
    SHARES

७ बैशाख, काठमाडौं । अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राती शुरु गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङककारी मारिएका छन् । सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिबानको जेलबाट मुक्त गरिएको सेनाले मङ्गलबार पुष्टि गरेको छ ।

अफगानिस्तान नेसनल आर्मीका कमाण्डोहरुले हेल्मान्ड प्रान्तको मुसा काला जिल्लाको वरपरका इलाकामा आतङ्ककारीलक्षित कारबाही गरेका थिए । सेनाले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार मुक्त भएर सेनाका शिविरमा लगिएका ती व्यक्तिहरुका मेडिकल चेकअप भएको थियो ।

तालिवान विद्रोहीहरु प्रायः गाउँ र राजमार्गबाट सर्वसाधारण र सुरक्षाकर्मीहरुलाई अपहरण गर्ने गरेका छन् । अपहरण परेका ती सर्वासाधारण र सुरक्षाकर्मीहरुलाई तालिबानहरुले जासूसी गरेको आरोप लगाउँदै सजाय दिने गरेका छन् । तालिबानी आतङकवादी समूहले सर्वासाधारण मुक्ति र सशस्त्र हतिहारधारी मारिएका विषयमा कुनै प्रतिक्रिया दिइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)